Home यातायात टिभीएसले ल्यायो ‘बब्बाल फाईनान्स अफर’

टिभीएसले ल्यायो ‘बब्बाल फाईनान्स अफर’

TVS brings 'babbal finance offer'

by अर्थन्यूज

नेपालका लागि टिभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआई क्रमश: जुपिटर रू ३,९०८ मा, एनटीओआरक्यू स्क्वाड एडिशन रु ५,२५४मा र अपाची आरटीआर २०० भर्सन ४ रू ६,८२२ मा खरिद गर्न सक्नेछन् । त्यसैगरी आरटीआर २०० भर्सन ४ को नगद खरिदमा ग्राहकहरूले टिभीएस रेसिङ ज्याकेट नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेञ्ज गरी नयाँ टिभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभीएसले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन।

यस योजनाको सन्दर्भमा बोल्दै टिभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले भने, ‘हामी यो फाईनान्स योजनाले हाम्रा ग्राहकहरुलाई टिभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकहरुलाई नयाँ टिभीएसमोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौं।’

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभीएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो।

नेपालमा १३७ं डिलर र २००ं सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ।

गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More