Home अर्थतन्त्र १६ दिनमै बाहिरियो बैंकहरुबाट एक खर्ब निक्षेप, कर्जा प्रवाह १७ अर्बले घट्यो

१६ दिनमै बाहिरियो बैंकहरुबाट एक खर्ब निक्षेप, कर्जा प्रवाह १७ अर्बले घट्यो

Within 16 days, one billion deposits were withdrawn from banks, lending decreased by 17 billion

by अर्थन्यूज

साउनको १६ दिनमा वाणिज्य बैंकहरुबाट मात्रै एक खर्ब बढी निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एशोसिएसनको तथ्याङ्कअनुसार असार मसान्तसम्म कूल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन १६ गतेसम्म आउँदा ४४ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको हो ।

त्यस्तै सो अवधिमा कर्जा प्रवाह पनि १७ अर्ब घटेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन १६ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ । साउन लागेयता बैंकहरुबाट निक्षेप उच्च दरले बाहिरिएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको थियो भने कर्जा ४ खर्ब ५४ अर्ब विस्तार भएको थियो ।

२०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो । २०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More