Home बीमा अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Agent training of Azod Insurance completed

by अर्थन्यूज

अजोड इन्स्योरेन्स लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा इस्योरेन्सबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेको पनि कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय रहेको देखिने पनि विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा इन्स्योरेन्सका लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More