Home कर्पोरेट शिवम् सिमेन्टद्वारा सुरक्षा बीमाको रकम मृतकका परिवारलाई हस्तान्तरण

शिवम् सिमेन्टद्वारा सुरक्षा बीमाको रकम मृतकका परिवारलाई हस्तान्तरण

Transfer of security insurance amount by Shivam Cement to the family of the deceased

by अर्थन्यूज

शिवम् सिमेन्टले निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्र्तगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसंग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो ।

यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीरुबाट माग दाबी भए अनुसार शिवम्ले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । यस अघि दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीको जोखिमलाई मध्यनजर गर्दै शिवम्ले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीको ५ लाख रुपैया बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्र संचालन गरेको थियो ।

सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसंग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेका हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीका लागि ५ लाख रुपैया बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । शिवमले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा, सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाका निर्माणकर्मीको ५ लाख रुपैया बरबबरको जोखिम बीमा गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More