Home अपराध ९० लाख ठगीको आरोपमा महिला पक्राउ

९० लाख ठगीको आरोपमा महिला पक्राउ

Woman arrested on charges of fraud of 9 million

by अर्थन्यूज

बैंकिङ कसुर मुद्दा अन्तर्गत ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा-३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार ललितपुरको बङ्गलामुखीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

बस्नेतले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More