Home अपराध आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ

आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ

Internal Revenue Office computer officer arrested with 30000 bribe

by अर्थन्यूज

आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ परेकी छन्। 

बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई ३० हजार घुससहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनले कम्प्युटर बिलिङको सफ्टप्वेयर स्वीकृतिको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।  सूचना पाएपछि टंगालबाट खटिएको अख्तियारले उनलाई पक्राउ गरेको हो। 

उनलाई रकमसहित काठमाडौं महानगरपालिका वडा नं. २ स्थित आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट पक्राउ गरेको हो। 
उनीमाथि थप अनुसन्धान भइरहेको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More