Home कर्पोरेट मनकामना केवलकार साउन २३ देखि बन्द हुने

मनकामना केवलकार साउन २३ देखि बन्द हुने

Mankamana CableCar will be closed from Shrawan 23

by अर्थन्यूज

मनकामना केवलकार बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि यही साउन २३ गतेदेखि बन्द हुने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्न काम अघि बढाउन लागिएको कम्पनीले जानकारी दिएको छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ ।

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुलाई थप सहज र भरपर्दो सेवा दिन स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अस्ट्रियाका प्राविधिकहरूले गर्नेछन् । स्तरोन्नति कार्य करिब ५ देखि ६ सातामा पूरा हुनेछ ।

यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेसनमा रहेको रेस्टुरेन्ट भने चालु रहने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More