Home बैंकिङ जीवन विकास लघुवित्तको नाफा ७८ करोडभन्दा बढी

जीवन विकास लघुवित्तको नाफा ७८ करोडभन्दा बढी

profit of Jeevan Bikas Microfinance is more than 78 crores

by अर्थन्यूज

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको भन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ८१ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।

गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पु¥याएको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी रू. १ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षभन्दा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत वर्ष १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष भने बढेर शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ७५ दशमलव ६० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६९ दशमलव ५१ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More