नेपाल राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई जरिवाना तिराएको छ । निर्देशन पालना नगरेको पाइएपछि राष्ट्र बैंकले यी दुई बैंकलाई जरिवाना तिराएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा राष्ट्र बैंकले अनिवार्य नगद मौज्दा तर बैधानिक तरलता अनुपात कायम नगरेकाले स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकका अनुसार स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा तथा एनसीसी बैंकले ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिरेका हुन ।
Facebook Comments