Home अपराध जाँचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै वायुसेवा निगमका अध्यक्ष अधिकारी

जाँचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै वायुसेवा निगमका अध्यक्ष अधिकारी

President of Airline Corporation offering financial inducement to the investigation committee itself

by अर्थन्यूज

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरव्यवहार लगायतका आरोपमा आफू बिरुद्ध जाँचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् ।

अध्यक्ष अधिकारी विरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्री परिषदले पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिका अध्यक्ष न्यौपानेले आफूलाई अध्यक्ष अधिकारीकाले आर्थिक प्रलोभन दिनुका साथै पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत छानबिन प्रतिवेदन रोक्न बारम्बार दवाब समेत दिएको मन्त्रालय स्रोतले बताएको छ ।

पर्यटन सचिव न्यौपानेको समितिले तयार पारेको प्रतिवेदनमा ५० अर्ब ऋणमा डुबेको निगमलाई नेतृत्व गर्न अधिकारी चुकेको र अधिकारी स्वयं पनि आर्थिक र नैतिक रुपमा समेत बारम्बार चुकेका व्यक्ति हुन् । सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने व्यवसायिक चरित्र र पद अनुकुल आचरण नहरेको प्रतिवेदनमा उल्लेख भएको स्रोतको दाबी छ । पर्यटन सचिव न्यौपानेको समितिले २९ दिन लगाएर तयार पारेको प्रतिवेदन पर्यटन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाएको छ । मन्त्री श्रेष्ठको सचिवालयले भने प्रतिवेदनको अध्यन भईरहेकोले कानुन बमोजिम कारबाही गर्न पछि नहटने बताउँदै आएको छ ।

समितिले दिएको प्रतिवेदनमा कतारको दोहामा रहेको निगमको न्यारोबडी इन्जीन मर्मत र ठेक्कामा समेत अनमियताता गरेको ठहर गरेको छ । ठेक्का दिददा सार्वजनिक खरिद एन पालना नगरेको तथा कोभिडको बेला चाटर उडानको बक्यौता रकम असुल्न नसकेको र त्याबाट अधिकारी आर्थिक लाभ लिएको हुनसक्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

यतिमात्र हैन नियमको विनिमय तथा प्राबधान बिपरित पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सिमाको ख्याल नगरेको लगायतका ५२ वटा आरोप लागेका छन् । अधिकारीलाई लागेको आरोपको कुनै पनि खण्डन गर्न आधार अधिकारी सँग नरहेकोको निगम स्रोतले बताएको छ । पर्यटन सचिव न्यौपानेको समितिलाई १० वटा विषयमा छानबिन गर्न भनेर मन्त्रालयकै सह सचिव बाबुराम सुबेदी र विमानस्थालमा महाप्रबन्धक प्रेमनाथ ठाकुर सहितको समिति गठन गरेको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More