Home बैंकिङ सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढ्यो

Shangrila Development Bank's profit increased by 45.29 percent

by अर्थन्यूज

सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको मा नाफामा ४५.२९ प्रतिशतले वृद्धि गरेको हो । बैकले गत आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। यो अविधसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.५० प्रतिशत घटेको छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ। बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ  ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More