Home बैंकिङ नबिल बैंकको नाफा ९.८३ प्रतिशत वृद्धि

नबिल बैंकको नाफा ९.८३ प्रतिशत वृद्धि

Nabil Bank's profit increased by 9.83 percent

by अर्थन्यूज

नबिल बैंकले नाफामा ९.८३ प्रतिशत वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९७ करोड २७ लाख  रुपैयाँ खुदनाफा आर्जन गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४५ करोड ५२  रुपैयाँ बढी नाफा गरेको छ भने बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

बैंकको रिजर्भमा अब २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जसमा ४० प्रतिशत नेपाल बंगलादेश बैंकको समेत जोडिएको छ । अब नविल बैंकका लाभांश दिने क्षमता ४० प्रतिशत भएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ ३३०.३७ पैसा पुगेको छ । भने  मूल्य आम्दानी अनुपात ३२.८० गुणा रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब ८२ करोड पुगेको छ । बैंकको खराब कर्जाको प्रतिशत ०.८४ बाट बढेर १.५४ प्रतिशत पुगेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More