Home यातायात फक्सवागनले ल्यायो ‘मनसुन एक्सचेन्ज अफर’

फक्सवागनले ल्यायो ‘मनसुन एक्सचेन्ज अफर’

Volkswagen brings 'Monsoon Exchange Offer'

by अर्थन्यूज

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा. लि.ले आजदेखि ‘फक्सवागन मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी ल्याएको छ ।

यो योजना आफुसँग भएको पुरानो गाडीको सट्टा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि हो । यो योजना आजै शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो ।

सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साट्न जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी लैजान पाउन कम्पनीले जनाएको छ ।

अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउनेछन् ।

यसका साथै, योजना अवधिभर ग्राहकले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबैभन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्रदान गरिनेछ ।

सो मूल्याँकन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ । साथै ५० हजार सम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ, जसअनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरूमध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेक्यास्कन पाउन सक्नेछन् ।

हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, पाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मदत गर्दछ ।

पूजा इन्टरनेशनल नेपाल प्रा. लि. ले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More