Home अपराध फरार भनिएका गौतमश्री सहकारीका अध्यक्ष सार्वजनिक

फरार भनिएका गौतमश्री सहकारीका अध्यक्ष सार्वजनिक

The absconding president of Gautam Shri Sahakari has been released

by अर्थन्यूज

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम सार्वजनिक भएका छन् । सहकारी बन्द गरेर एक सातादेखि फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भएका हुन् ।

उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरे । गौतमले पनि सोमबार नै आफू भारतबाट नेपाल फर्किएको जानकारी दिए । ‘फर्किनासाथ ठूला निक्षेपकर्ता र सहकारी विभाग लगायतसँग कुरा गरें, सबैलाई भेटघाट गरें,’ उनले भने, ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु ।’

गौतमले आफू कतै नभाग्ने बताए । उनले बचकर्तालाई नआत्तिन र आफूलाई केही समय दिन आग्रह गरे । ‘केही समय दिनुस् । पहिले त दिनमा १०/२० करोड मात्रै कारोबार हुने भएर व्यवस्थापन भएको थियो, अहिले सबै जना एकैपटक माग्न आउनु भयो भने दिन सक्दिनँ,’ उनले भने,’यस्तो भयो भने त राष्ट्र बैंकले पनि सक्दैन ।’

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More