Home देश रेल चालकका लागि ‘डिप्लोमा पास’ अनिवार्य

रेल चालकका लागि ‘डिप्लोमा पास’ अनिवार्य

'Diploma pass' is mandatory for train drivers

by अर्थन्यूज

सरकारले रेलचालक तथा सहचालक बन्नका लागि उमेर तोक्दै सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान बनाएको छ । सरकारले डिप्लोमा पाससँगै चालक र सहचालकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान बनाएको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९’ मा यो व्यवस्था राखिएको छ ।

ऐन अनुसार चालक–सहचालक बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा ‘डिप्लोमा उत्तीर्ण र रेल चलाउन योग्यताको प्रमाणपत्र प्राप्त’ हुनुपर्नेछ ।

सरकारले यसअघि रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने उल्लेख गरे पनि पछि त्यसलाई संशोधन गरिएको थियो ।

ऐनअनुसार विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त व्यक्तिका लागि पनि कानुनी व्यवस्था गरिएको छ । त्यस्तै मादक पदार्थ सेवन गर्नेले रेलयात्रा गर्न नपाइने भएको छ । त्यस्तै सरकारले टिकट नलिई रेलयात्रा गर्न नपाइने व्यवस्था गरेको छ ।

नेपालमा हाल जयनगर–जनकपुर खण्डको ३४.९ किलोमिटर खण्डमा रेल सञ्चालन भइरहेको छ । सरकारले थप १७ किलोमिटर विजलपुरा खण्डसम्म रेल चलाउने तयारी गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More